१ असोज २०७६
काठमाण्डौ । भक्तपुर जिल्लाको एक प्रसिद्द मन्दिर हो चाँगुनारायण । जहाँबाट उपत्यकाको मनोरम दृष्य सजिलै अवलोकन गर्न सकिन्छ । उचाइमा रहेको र मन्दिरको कला कौशलका कारण त्यहाँको सौन्दर्यको वर्णन गरेर गरिनसक्नु छ ।
उपत्यकाको मनमोहक दृष्य अवलोकनका लागि एक गन्तब्यकोरुपमा लिन सकिन्छ चाँगुनारायणलाई । जहाँबाट स्वस्थानी ब्रतकथाको सालीनदी छोटो दुरीमा पर्दछ । अनि सौन्दर्य भक्तपुरको पर्यटकलाई मोहित पार्ने नगरकोट जान पनि छोटो दुरी पर्ने भएकाले चाँगुनारायण एक धार्मिक गन्तब्य हो ।
चाँगुनारायणको वरीपरी मन्दिरमा चढाउने फूलधुप लानुहोस भनेर दिक्क लाउने फूलधुप ब्यबसायीहरु पनि देखिन्न । त्यहाँ त काठबाट निर्मित हस्तकला र थाङ्का को निर्माण र सोको ब्यबसाय गर्ने, पर्यटकलाई आकर्षण गर्नुका साथै स्वरोजगार बाट आत्मनिर्भर बन्नेको ठुलै जमात देखिन्छ ।
त्यही ब्यबसाय गर्ने मध्येका एकजना ब्यक्तीसंग हामीले भेट्यौ र कुराकानी ग¥यौ । जिल्ला सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका वडा नं. ४ मुढे स्थाइ घर भएका बर्ष २२ का सुरेश लामा बिगत ४ बर्ष देखी चाँगुनारायण मन्दिर नजिकै हस्तकलाको सामग्रि निर्माण गरी ब्यबसाय तथा निर्यात गरिरहेका छन् ।
५ जनाको परिवार का कान्छा छोरा सुरेश १० कक्षा सम्म अध्ययन गरेपछी पारिवारिक आर्थीक समस्याको कारणले रोजगारीको लागि ४ बर्ष अगाडी काठमाण्डौ छिरेका हुन् ।
रोजगारी खोज्ने सन्दर्भमा कतै जागिर नपाएपछी गाँउले दाईले चाँगुनारायण क्षेत्रमा सञ्चालन गरेको हस्तकला पसलमा काम गर्न थाले, पुर्खाहरुदेखी नै गर्दै आएको हस्तकलाको विभिन्न कलाहरु निर्माण गर्नका लागि कतै सिक्नु परेन । तर हात बसाउन तीन महिना जति लाग्यो भन्छन् सुरेश लामा ।
चाँगुनारायण आसपासको खोल्सा क्षेत्रमा पाईने लहरेपिपल प्रती रुख २५०० देखी बढीमा १० हजार सम्ममा किन्न पाइने बताउने सुरेशले काठको मुर्ती, सजावटको सामग्री निर्माण गरेर लगानी गरेको भन्दा १० औ गुण बढीमा बिक्रि गर्न सकिने कुरा बताए ।
सामान्यतया एउटा मुर्ती वा मकुण्डोको ५०० देखी २२ हजार सम्म पर्ने बताउने सुरेशले आफ्नो मासिक कमाई खाइकन ७० हजार माथी बच्ने कुरा सुनाए । आफुले उत्पादन गरेको सामग्रीहरु पसलहरुले किन्ने र बढी जसो चाइना तिर निर्यात हुने गरेको कुरा ब्यक्त गरे ।
उनका अनुसार यदी बिदेश गएको भए उतै पलाएन भइन्थ्योहोला, जागिर नै पाएको भए पनि २० देखी २५ हजार सम्म पाइन्थ्यो होला, तर ब्यबसाय त्यसमा पनि पुर्खाको सिप लाई नै निरन्तरता दिएको कारणले आफु खुसी रहेको र परिवारलाई पनि खुसी दिन सकेको कुरा उनको अनुभब छ ।
चाँगुनारायण क्षेत्रमा थाङ्काको उत्पादन र बिक्रीले पनि लाखौको ब्यापार गरेको देख्न सकिन्छ । यस क्षेत्रको भ्रमण र अवलोकन बाट राज्य एबं बिकासवादीहरुले पनि केही सिक्न जरुरी छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]